२८औं आईजीपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता शुरु

पहिलो खेलमा नेपाल पुलिस र नेक्सस विजयी

0
Shares

काभ्रे । 

नेपाल पुलिस स्कुल साँगामा २८ औं आईजीपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता शुरु भएको छ । एआईजी सहकुलबहादुर थापाले बल हस्तान्तरण प्रतियोगिताको उद्घाटन गर्नु भयो । भुकम्प र कोरोनाका कारण तीन वर्ष प्रतियोगिता आयोजना हुन सकेन ।

प्रतियोगिताको पहिलो खेल आयोजक विद्यालय नेपाल पुलिस स्कुल साँगा ए र बेलर स्कुल बनेपा बीच भएको थियो । नेपाल पुलिस स्कुल टिम ए ले बेलर स्कुललाई शुन्यका विरुद्द ५ गोल गरेको थियो । बुधबार नै भएको दोश्रो खेलमा नेक्सस एकेडेमी काठमाडौले काभ्रे मावी बनेपालाई शुन्यका विरुद्ध ५ गोलले पराजय गरेको छ ।

विहिबार तीन वटा खेल हुनेछन् । प्रतियोगिताको उद्घाटन पछि एआईजी सहकुलबहादुर थापाले नेपाल पुलिस स्कुलले आयोजना गरेको आईजीपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिताले विद्यार्थीहरु बीचको एकता, अनुशासन र सामाजिक कृयाकलापमा सहभागि हुन उत्प्रेरणा बढाउने बताउनु भयो । खेलले ब्यक्ति, संस्थाका अलावा देशकै चिनारी दिने भएकाले विद्यार्थीहरुलाई आगामी दिनमा निरन्तर सक्रिय हुन थापाले अनुरोध गर्नु भयो ।

प्रतियोगितामा १५ विद्यालयका १६ टिम सहभागि छन् । विजयी टिम मध्ये पहिलो हुनेले नगद ५० हजार, दोश्रो हुनेले ४० हजार र तेश्रो हुनेले ३० हजार पाउने छन् । रनिङ्ग शिल्ड, मेडल, प्रमाणपत्रका साथै खेलाडीहरुलाई अनुशाशित तथा अन्य विद्यामा नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।

क्वाटर फाईनल पुष १ र २ हुनेछ भने सेमिफाईनल पुष ४ गते हुनेछ । प्रतियोगिताको फाईनल तोकिएको छैन । अतिरिक्त कृयाकलाप संयोजक गोविन्दबहादुर कुँवरले प्रतियोगिताका बारेमा जानकारी दिदै म्यान अफ द म्याच, फेयर प्ले, हाई स्कोर, प्लेयर अफ द टुर्नामेन्ट जस्ता विद्यामा नगद पुरस्कार प्रदान गरिने बताउनु भयो ।

लिग कम नकआउटका आधारमा खेलाईएको उक्त प्रतियोगितामा लिग ३५-३५ मिनेट, नक आउट ४०-४० मिनेटका साथै अतिरिक्त समय १०÷१० मिनेटको हुनेछ । कक्षा ९ र १० का विद्यार्थीहरु सहभागि भएको उक्त प्रतियोगितामा १५ वर्ष उमेर समुहका विद्यार्थीहरु सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका बारेमा विद्यालयका प्रिन्सिपलले जानकारी गराउनु भएको थियो ।