त्रिवेणी घटनामा मृतकद्वय युवकका परिवारलाई राज्यले उचित क्षतीपूर्ती दिनुपर्छ  :  नवनिर्वाचित सांसद पाण्डे 

0
Shares

बाजुरा।

नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका लागि नव निर्वाचित सांसद बद्रीप्रसाद पाण्डेले यही मंसिर ४ गते त्रिवेणी नगरपालिकाको वडा नं सातमा निर्वाचनका क्रममा साहदत प्राप्त गर्ने दुई वटै युवाका परिवारलाई  राज्यले उचित क्षतीपूर्ती दिुन पर्ने बताउनुभएको छ।  नाट्यश्वरी माविको केन्द्रमा भएको घटनामा परि प्रहरीको गोलीबाट मृत्युभएका सञ्जीव अयडी रअत्यधिक भिडको आक्रमणमा परि मृत्यु भएका चेतन अयडीलाई राज्यले उचित क्षतपिूर्ती दिलाउन संसद्को पहिलो बैठकमै आफ्नो जोडदार माग रहने बताउनुभएको छ । नेपाली कांग्रैसको नेतृत्वमा बाम लोकतान्त्रिक गठबन्धनले आइतबार दिउँसो सदरमुकाम मार्तडीमा  आयोजना गरेको धन्यवाद सभामा सम्बोधन गर्नुहुँदै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

त्रिवेणीमा भएको घटनाका प्रमुख दोषी जनतामाथि अन्धाधुन्ध गोली चलाउने प्रहरी निरीक्षक किशोर थापालाई कारवहीको माग पनि गर्नु भएको छ। गृह मन्त्रालयको उच्च स्तरीय टोली र राष्ट्रिय मानव अधिकार टोलीले स्थलगत अध्ययन गरिसकेको छ। घटनाको दूधको दूध पानीको पानी छुट्याएको छ ।  कसैले नेपथ्यबाट उक्साएको भरमा इन्स्पेक्टर थापाले गोली चलाए । उक्त गोली काण्डले सञ्जीव अयडीको मृत्यु भयो । मृत्युपश्चातको उत्तेजित भिडको कुटाइमा परि चेतन अयडीको पनि मृत्यु भयो। यी दुई घटना बाजुराका लागि दर्दनात्मक घटना भएको छ। बाजुराको घटनाले  हाम्रो शिर न्युराएको छ  । होनहार युवा गुमाएका छौँ पाण्डेले भन्ने भयो । हामी बाटोमा हिड्दा समेत कमिला मिचिन्छकी भनेर हिड्ने मान्छे हौं । मान्छे मारेर चुनाव जितौँला ? हामी शान्तिकामी हौं उहाँको कथन थियो ।

आगामी दिनमा बाजुराको निर्वाचन निष्पक्ष गर्न प्रबिधिमेत्री बनाउनुपर्ने त्यसको सुरुवात ईभोटिङ्गको सिष्टम बाजुराबाट शुरुगर्न पहल गर्ने बताउनुभयो । बाजुराको विकासका निम्ति आफ्नो पक्षबाट कुनै पनि कसुर बाँकी राख्ने छैन । बाजुरेली जनतले अपार मायाकै कारण मलाई उत्कृष्ट श्रेणीमा  नतिजा दिनुभयो । अबका पाँच वर्षमा   बाजुरालाई  विकसित श्रेणीमा लयाउने छु भारीमतका लागि आभारी छु पाण्डेले भन्नुभयो ।   म भाषण हैन अब काम गरेर देखाउने छु । उहाँको भनाइ थियो ।

त्यसै गरी प्रदेशसभा सदस्यका लागि नवनिर्वाचित  प्रदेश सभा सदस्य एवं युवासंघ नेपालका अध्यक्ष  नरेशकुमारशाहीले घटनाको सत्य तथ्य छानबिन हुनुपनेृमा जोड दिनुभयो ।  जनताको मत लुटेर हैन  निष्पक्ष निर्वाचन गरौँ,विकासका लागि जनताको मन चोरेर चुनाव जितौँ , जनताका मालिक हैन सेवक बन्न सिकौँ बाजुरा नेपालको गरिब विपन्न   ७७ औँ सुचीबाट तल झार्न आफ्नो सिर्जना र योगदान रहने छ ।  प्रदेश सभा सदस्य शाहीले भन्नुभयो ।  जनताको मन चोरेर हैन जनताको मत लुट्ने प्रयास गर्दा सञ्जीव र चेतन जस्ता युवाको अकालमा ज्यान गएको दृष्टान्त औँल्याउनुभयो अब आइन्दा यस्ता घटना हुन नदिन मानवीय सचेतना मूलक जिल्लाभरि कार्यक्रमको  थालनी गर्न उहाँको भनाई थियो ।

त्यसै गरी काँग्रेस  प्रदेश सभा १ –का नवनिर्वाचित प्रदेश संसद एवं नेपालीकांग्रेसका प्रदेश समिति  सदसय संगठन विभाग प्रमुख पदमवहादुर शाहीले त्रिवेणी घटानका मुख्य नाईकेलार्ई कारवाहीको माग गर्दे मृतक अयडी द्वोयलाई  सहिद घोषाण गर्नुपर्ने बताउनुभयो । बाजुरामा लुटफुट र कमिसनको राजनीति हैन जनताको सच्चा जनप्रतिनििध भएर काम गर्ने प्रतिक्रिया उहाँको थियो

प्रतिनिधि सभा सदसस्य तथा प्रदेशसभा सदस्यमा निर्वाचित  भइसकेपछि सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति एवं गठबन्धनका संयोजक  रामसिंह रावलको अध्यक्षतामा  पहिलो पटक आयोजना गरेको धन्यवाद सभामा काँग्रेस नेता एवं पूर्व भूमिसुधार मन्त्री जनकराज गिरीले  कुटपिट र गुण्डागर्दीबाट हैन चुनाव जनताको मन जित्न अग्रह आग्रह गर्नु भयो । नेकपा एकिकृत समाजवादीका अध्यक्ष पुरवहादुर रावतले लोकतन्त्रर संविधानको रक्षाका लागि गठबन्धन भएको बताउनुहुँदै बाजुरामा पुन: सांसद  बिरलै दोहरिएका छन् । जनताको मन मुटुमा भिजेर जनताका  भोका पेट नाङ्गा खुट्टा र उपचार नपाई मृत्युवरण गरिरहेका गरिब जनातका मतलाई  सदुपयोग गर्न नवनिर्वाचित सांसदलाई आग्रह गर्नुभयो ।

त्यसै गरी नेपाली काँग्रेसका पूर्व पार्टी सभापति कविराज पण्डित, मानवहादुर रावल लगायतका बक्ताले  मतदातालाइ धन्यवाद ज्ञापन गर्नुभयो । साथै बाजुराको मुहार फेर्नकै लागि जनताले अत्यधिक मत दिएर पठाएका कारण अब राज्यको मन्त्री बनेर बाजुरा लगायत पछाडी परेका जिल्लामा विशेष प्राथमिकतामा पार्न सुझाउनुभयो ।