बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

0
Shares

बाजुरा।

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् ।बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश ‘क’ को उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय ७३   मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका छन् ।

त्यसै गरी बाम लोकतान्त्रिक गठबन्धनबाट मित्रवत प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले समर्थन गरेको थियो ।

चुनावी प्रचारप्रसारका क्रममा उनको मुख्य एजेन्डा गरिबी न्यूनीकरण गर्ने रहेको थियो । बाजुरा जिल्ला सबैभन्दा गरिबी जिल्ला हो । बाजुराको पनि सबै भन्दा बढी गरिब भएको गाउँपालिका स्वामिकार्तिक गाउँपालिका हो । शाही स्वामिकार्तिक खापर गाउँपालिकामा जन्मेका हुन् ।

हिमाली, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका पनि गरिबको अग्रस्थानमा रहेका छन् । शाहीले मतदाता भेटघाटमा क्रममा मतदाता सँग भने अन्य समस्या पनि धेरै छन्, सबै भन्दा मुख्य चुनौती र समस्या गरिबी रहेको बताउँदै आएका छन् । गरिबी न्यूनीकरणका लागि रोजगारीको सिर्जना सँगै विकास निर्माणमा आफ्नो भूमिका रहने बताएका छन् ।

गरिबी न्यूनीकरणका लागि शिक्षा, स्वास्थ्य, बिद्युत्, सिचाइ, खानेपानी लगायतका क्षेत्रमा लगानी गर्ने शाहीले बताएका छन् । पहिलो त नागरिकले राम्रो सँग खान लगाउन पाउनु हो, त्यो पहिलो प्राथमिकता हो त्यो सँगै अन्य सामाजिक सवाल र मुद्दामा आफू लाग्ने बताएका छन् । शाहीले शिक्षामा आमूल परिवर्तन गर्नका लागि विभिन्न एजेन्डा अगाडि सारेका छन् ।

शिक्षा बाट कोही पनि वञ्चित नहुने खाले रणनीति घोषणा पत्रमा उल्लेख गरेका छन् । प्रदेश क को स्वास्थ्य निकै कहाली लाग्दो रहेको छ, उपचार अभावमा कोहीले पनि अकालै ज्यान गुमाउन बाध्यता हटाउन प्रतिबद्ध भएको शाहीले बताएका छन् ।
बिद्युक्तको राष्ट्रिय प्रशारणलाइन जोडेर सबै नागरिकलाई बिद्यूक्तको पहुँचमा पुयाउने उनको योजना रहेको छ । सञ्चार विमुख रहेका गाउँलाई सञ्चारको पहुँचमा जोडन लाग्ने शाहीले बताएका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य  उम्मेदवार बद्री प्रसाद पाण्डेको १८३३१ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १४२१० मत प्राप्त गर्नुभएको छ। ४१२१ मतान्तरले पाण्डे अगाडी हुनुहुन्छ ।

त्यसैगी प्रदेश ख द्द मा नेपाली काँग्रेसका पदमबहादुर शाहीले १३६५५ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिदन्दी लालबहादुर थापाले ११०९८ मत प्राप्त गर्नु भएको छ भने २५५७ मतान्तरले काँग्रेस उम्मेदवार शाही अग्रस्थानमा हुनुहुन्छ । बाजुरामा सत्ता गठबन्धनका तिनै उम्मेदवार ले चुनाव जित्ने करिब पक्का पक्का  भएको काँग्रेस नेता तालबहादुर रावतले बताउनु भयो ।