मानव अधिकारमैत्री पालिका निर्माणमा सरोकारवालाहरुको अन्तरक्रिया

0
Shares

दैलेख। 

कर्णाली प्रदेशको दोस्रो ठुलो स्थानीय  तह दैलेखको दुल्लु नगरपालिकालाई मानवअधिकार मैत्रि बनाउने उद्देश्यका  साथ सरोकारवालाहरुको अन्तरक्रिया आज दुल्लु नगरपालिकामा सम्पन्न भएको छ । मानवअधिकार क्षेत्र इन्सेकद्धारा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरू, पालिका स्तरीय मानवअधिकार सञ्जालका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अवसरमा नगरपालिकामा मानवअधिकारको वर्तमान अवस्था लगायत समाजमा उत्पन्न परिस्थिति र घटनाहरुको बारेमा चर्चा गरिएको छ ।

कार्यक्रमको अवसरमा वर्तमान मानवअधिकारको अवस्थाबारे बोल्दै इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले नगरपालिका भित्रका जनप्रतिनिधिहरू र कर्मचारीहरुले सचेत हुनुपर्ने र त्यसका लागी मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले दुल्लु नगरपालिकाले मानवअधिकारको क्षेत्रमा गर्नुपर्ने रणनीतिका सन्दर्भमा तयार गरिएको निर्देशिका नगरपालिकालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा इन्सेकका दुर्गा थापा लगायत किरण पौडेलको समेत सहजीकरण रहेको थियो ।