वरिष्ठ पत्रकार लम्साललाई ५५ हजार आर्थिक सहयोग प्रदान

0
Shares

काठमाडौँ।

लामो समयदेखि श्वास– प्रश्वास रोगबाट ग्रसित हुनु भएका बरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) ले ५५ हजार रुपिया आर्थिक सहयोग गरेको छ ।

नेपाली पत्रकारितामा लामो समयदेखि कलम चलाउनु भएका लम्साल लामो समयदेखि उक्त रोगबाट ग्रसित हुनुहुन्छ । थापाथलीस्थित नर्भिक इन्टेरनेशनल अस्पतालमा उपचार गराइरहनु भएका लम्साललाई उपचारमा केही मद्धत पुगोस भन्ने उदेश्यले इन्जाले उक्त रकम शनिबार अस्पतालमा पुगेर हस्तान्तरण गरेको थियो ।

इन्जा ग्लोवलका सचिव दीपक रिजाल र इन्जा एसियाका उपाध्यक्ष नारायण न्यौपानेले उक्त रकम उपचारत लम्साललाई हस्तान्तरण गर्नु भएको थियो ।
नेपाली पत्रकारहरु अफ्ठेरोमा परेको बेला इन्जाले सहयोग गर्दै आएको र नेपाली पत्रकारिताका मानक लम्साललाई सानो भएपनि सहयोग गर्न पाएकोमा इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले खुसी ब्यक्त गर्नु भयो ।

जुन उदेश्यले संस्था स्थापना भएको हो त्यो अनुसार इन्जाले बेला बेलामा नेपालमा रहेका पत्रकारहरुलाई सहयोग गर्दै आएको पनि अध्यक्ष लुइटेलले बताउनुभयो ।
उपचारत बरिष्ठ पत्रकार लम्सालले इन्जाले आफूमाथि लगाएको गुन विर्सन नसक्ने बताउदै इन्जा परिवारलाई धन्यवाद ब्यक्त गर्नु भयो ।