धादिङ १ मा सत्ता गठबन्धनका उम्मेदवार विजयी



धादिङ।

धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डे ३५ हजार ९ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएकाे छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठीले २७ हजार ९ सय ५३ मत प्राप्त गर्नुभयाे ।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गर्नुभयाे । २ हजार ६ सय ३३ मत बदर भएकाे निर्वाचन अधिकृत काे कार्यालयले जनाएकाे छ ।

धादिङ क्षेत्र नम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८० हजार ६ सय १५ जनाले मतदान गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्