कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी


धनगढी ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्।

बलायर २६ हजार १७१ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गरे। भट्टले २२ हजार ५३३ मत प्राप्त गरेका छन्।

भट्टले बलायरसँग ३ हजार ६ सय ३८ मतले हारेका हुन्।

यहाँ २०७४ सालकाे चुनावमा भट्ट माओवादीबाट विजयी भएका थिए।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए। गत संसदीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए।