बैतडी।
बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार एक सय ५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार सात सय १६ मत प्राप्त गर्नुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एक हजार दुई सय एक र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले एक सय ७० मत प्राप्त गर्नुभयो । कुल ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएको थियो । बैतडीमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिक्रिया