धादिङ -१ को प्रदेश सभा १ र धादिङ–२ को प्रदेश सभा १ मा नेपाली काँग्रेस विजयी

0
Shares

धादिङ।

धादिङको दुई ओटा प्रदेश सभाको अन्तिम मत परिणम बुधबार सार्वजनिक भएको छ ।

धादिङ–१ को प्रदेश सभा १ र धादिङ–२ को प्रदेश सभा १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ को प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मत सहित विजयी हुनुभएको छ। उहाँ निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रमेश आचार्य भन्दा १ हजार २ सय ९४ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

एमालेका आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभएको छ । यसैगरि स्वतन्त्र नेत्र पौलेलको चिम चिन्हले ४ हजार ६ सय ८८, हलो १ हजार ८ सय ५३ र भाले चिन्हले ८ सय ५१ मत प्राप्त गरेको छ ।

७३ हजार १ सय ५७ मतदाता रहेको यस प्रदेशमा ४४ हजार ६ सय १२ मतदाताले मतदान गरेका थिए ।

यसैगरि धादिङ २ को प्रदेशस सभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोबिन्द लम्साल १९ हजार ४ सय १९ मत ल्याएर विजयी हुनु भएको छ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डा.रामकुमार अधिकारीले १६ हजार ४ सय २२ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्दीभन्दा २ हजार ९ सय ९७ मत बढी ल्याएर लम्साल विजयी हुनुभएको हो ।

प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १ हजार १३ मत पाएका छन् । यस प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको छ ।

७० हजार ७ सय १ मतदाता रहेको धादिङ २ को प्रदेससभा २ मा ३७ हजार ९सय २२ जनाले मतदातन गरेका थिए ।