गोरखामा सत्ता गठबन्धनमा प्रत्यक्षमा एकता,समानुपातिकमा धोका

0
Shares

गोरखा।

काँग्रेस र माओवादीबीचमा भएको सत्ता गठबन्धनले गोरखामा भने फाइदा भएको छ । नेकपा माओवादी केन्द्रले देशका अन्य स्थानमा गठबन्धनमा आधारित अपेक्षित सिट ल्याउन नसके पनि गोरखामा भने गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छन् ।

मुख्य निर्वाचनको कार्यालयले विजयको औपचारिक घोषणा गर्न बाँकी रहेपनि गोरखा २ मा पुष्पकमल दाहाल(प्रचण्ड) विजयी हुनु भएको छ । उहाँले ८ हजार बढी मतान्तरले जित्ने दाबीलाई पुष्टी गरेको देखिएको छ । चितवन ३ बाट गोरखा २ मा आउनु भएको प्रचण्डलाई गठबन्धनले सहज जित निकाली दिएको हो ।

माओवादी एक्लै उठेको भए गोरखा २ मा समेत प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अप्ठेरोपार्न सक्ने आँकलन अहिले गरिएको छ । सत्ता गठबन्धनमै रहेका क्षेत्र नम्बर २ का प्रदेशमा काँग्रेसका सुरेन्द्र पाँण्डे र फडिन्द्र देवकोटा बिजयी हुनु भएको छ भने क्षेत्र नम्बर १ मा पनि निकै मतान्तरले काँग्रेसका उम्मेदवार राजेन्द्र बजगाइ बिजयी हुनु भएको छ भने प्रदेश सभामा एकबाट पनि गठबन्धनका साझा उम्मेदवार माओवादीका कृष्ण धिताल र काँग्रेसका नन्दप्रसाद न्यौपाने बिजयी हुनुलाई गठबन्धनले जित ठानेका छन् । यद्यपी क्षेत्र नम्बर २ मा एमाले नभइ प्रतिस्प्रर्धीको रुपमा करिब तीन महिना अगाडि गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी हुनु र समानुपातिकमा समेत घण्टीलाई उलेख्य मत जानुमा माओवादी बृत्तमा भने चर्चा भएको छ ।

काँग्रेसको एक समूहले केन्द्रीय रुपबाट नै घण्टीमा मतदान गर्नकालागि निर्देशन दिएको माओवादीको बुझाइ छ । गोरखामा समानुपातिकमा पनि काँग्रेस,माओवादी र एमालेबाट समेत घण्टीमा मतदान भएपछि यी दलका नेताहरु भने सशंकित भएका छन् ।