झापा-५ मा केपी ओली भारी मतान्तरले विजयी



काठमाडौं ।

झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

ओलीले ५१ हजार ६१९ मत पाएका छन् । कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्