ओखलढुंगामा रामहरि सहित गठबन्धनको शानदार जीत

0
Shares

ओखलढुंगा।

ओखलढुंगाबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा विजयी भएका छन् । प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार यज्ञराज सनवारलाई हराउँदै खतिवडा विजयी भएका हुन । उनले ३३ हजार ५५६ मत ल्याएर विजयी हुदा सुनवारले २६ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । दुइ पटक संससद भएका सुनुवारलाई कांग्रेसका प्रभावशालि नेता खतिवडाले ६ हजार ८१८ मतान्तर सहित पराजित गरे ।

खतिवडा र सुनवार दुइवटा निर्वाचन क्षेत्र हुँदा २०७० मा भएको संविधानसभा निर्वाचनमा निर्वाचिन संविधानसभा सदस्य हुन । उनीहरु २०७४ मा पनि सँगै चुनाव लड्दा तत्कालिन बाम गठबन्धनको तर्फबाट सुनुवारले जितेका थिए । कांग्रेसको गढ मानीएको ओखलढुंगामा पार्टीको आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा हार्दै आएको थियो । यो पटक खतिवडाले बाजी मारेर कांग्रेसको शाख फर्काउन सफल भएका छन् ।

त्यस्तै प्रदेशसभा (१) मा नेपाली कांग्रेसका प्रदीप कुमार सुनुवार विजयी भएका छन् । उनले एमालेका अम्बिरबाबु गुरुङलाई ३६० मतले पछि पार्दै जीत निकालेका हुन । सुनुवारले १४ हजार ९१६ मत ल्याउदा गुरुङले १४ हजार ५५६ मत पाए । प्रदेशसभा (२) मा पनि लोकतान्त्रीक–वाम गठबन्नधका साझा उम्मेदवार नेकपा माओवादीका बाबुराम गौतमले जितेका छन् । गौतमले १५ हजार ३३८ मत ल्याएका छन भने निकटतम प्रतिद्धन्दी एमालेका जिबी खड्काले १४ हजार ६४० मत पाएका थिएका छन् ।