ओखलढुंगामा रामहरि खतिवडाको शानदार जीत

0
Shares

ओखलढुंगामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा विजयी हनभएको छ । प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार यज्ञराज सनवारलाई हराउँदै खतिवडा विजयी हनभएको हो ।

उहाँले ३३ हजार ५५६ मत ल्याएर विजयी हुदा सुनवारले २६ हजार ७३८ मत पाउनभएको निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । दुइ पटक संससद हुनुभएका सुनुवारलाई कांग्रेसका प्रभावशालि नेता खतिवडाले ६ हजार ८१८ मतान्तर सहित पराजित गर्नुभएको हो ।

खतिवडा र सनवार दुइवटा निर्वाचन क्षेत्र हुँदा २०७० मा भएको संविधानसभा निर्वाचनमा निर्वाचिन संविधानसभा सदस्य हुन ् उनीहरु २०७४ मा पनि सँगै चुनाव लड्दा तत्कालिन बाम गठबन्धनको तर्फबाट सुनुवारले जित्दा खतिवडा पराजित हुनुभएको थियो । कांग्रेसको गढ मानीएपनि पार्टीको आन्तरिक व्यवस्थापन मिलाउँन नसक्दा हार्दै आएको आखलढुंगामा यो पटक खतिवडाले बाजी मारेर कांग्रेसको शाख फर्काउन सफल हुनुभएको छ ।