बागलुङ- १ (ख)मा नेपाली काँग्रेसका डिल्लीराम सुवेदी विजयी

0
Shares

बागलुङ।
बागलुङको निर्वाचन क्षेत्र नम्बर १(ख)मा नेपाली काँग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् ।

नेकपा एमालेका नवराज पौडेललाई ७ हजार ८७ मतान्तरले पछि पार्दै सुवेदी विजयी भएका हुन ।

सुवेदीले १४ हजार ६१० मत प्राप्त गर्दा एमालेका पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गनाइजेशनका सहविर थापाले २५७ मत प्राप्त गरेका छन् ।
४६ हजार १०६ कुल मतदाता रहेको यस क्षेत्रमा २२ हजार ३९ मत खसेको थियो । ५७५ मत बदर भएको छ ।