रुपन्देही–४ (१) मा लोसपाका बनियाँ विजयी

0
Shares

रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ विजयी भएका छन् ।

कूल ३५ हजार पाँच सय ७७ मत मत खसेकोमा बनियाँ १५ हजार एक सय ३७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले नौ हजार दुई सय ५३ मत पाएका छन् ।

नेपाली कांग्रेसका अष्टभुजा पाठकले आठ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।