काठमाडौँ १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

0
Shares

काठमाडौँ।

काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडाँै क्षेत्र नं १० प्रदेश (१) को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेशराज सापकोटाले सात हजार चार सय मत पाउनुभएको छ ।