सप्तरी २ मा राउतको अग्रता कायमै

0
Shares

सप्तरी।

सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले १८ हजार चार सय ९४ मत ल्याएका हुन् । गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले नौ हजार दुई सय ३० मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरको तीन हजार सात सय ३६ मत छ ।

हालसम्म ३३ हजार नौ सय ४३ मतगणना भएकोमा एक हजार सात सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ । यस निर्वाचन क्षेत्रमा ६४ हजार पाँच सय ६० मतदान भएको थियो । अब ३० हजार छ सय १७ मत गणना हुन बाँकी रहेको छ ।

सप्तरीको प्रदेशसभाको दुवै सदस्यमा जनमत पार्टीका सदस्यले विजयी भएका छन् । प्रदेश २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंहले १६ हजार सात सय ३४ र प्रदेश २ (२) बाट महेशप्रसाद यादवले १३ हजार तीन सय २५ मत ल्याएका छन् ।