नवलपरासी पूर्व र पश्चिममा मतगणना जारी

0
Shares

नवलपरासी।

नवलपरासीका पूर्व र पश्चिम दुवै जिल्लामा मतगणना जारी रहेकाे छ ।

पूर्वकाे नवलपुरका २ क्षेत्र मध्ये क्षेत्र नं.१ प्रदेश क झांक्रे केन्द्रमा समानुपातिक तर्फकाे पुन: मतदान साेमबार सकिएकाे छ।

अपरान्हबाट सुरू भएको क्षेत्र नं.२ काे मतगणनामा नेपाली कांग्रेस अगाडि रहेकाे छ ।

गठबन्धनबाट उठेका कांग्रेस उमेदवार बिष्णु कुमार कार्कीले ३ हजार ७ सय १६ मत ल्याउदा एमालेका तिल बहादुर महतलाई ३ हजार ४ मत प्राप्त भएकाे छ ।
यसै गरि पश्चिम नवलपरासीकाे क्षेत्र नं.१ मा

कांग्रेस उम्मेदवार बिनाेद चाैधरी अगाडि रहेकाछन् । चाैधरीले १ हजार ५ सय २७ र एमाले समर्थनमा उठेका हृदयेश त्रिपाठीले १ हजार २ सय ९२ मत ल्याएकाछन् ।

मतगणनामा यहाँकाे तेस्रो स्थानमा ८ सय ४२मत घण्टी चिन्हका उम्मेदवारले ल्याएकाछन् । याे क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेकाे छ ।
यस्तै पश्चिम नवलपरासीकै क्षेत्र नं.२मा राप्रपा उम्मेदवार अगाडि रहेकाछन् । राप्रपाका उम्मेदवार पूर्व आजिपी ध्रुब बहादुर प्रधानले १ हजार ३ सय ८८ मत ल्याएकाछन् ।

प्रधानलाई कांग्रेस उम्मेदवार पूर्व गृहराज्य मन्त्री देबेन्द्र राज कंडेलले ५ सय २५ का साथ पछ्याएकाछन् ।

नवलपरासीका दुवै जिल्लामा प्रदेश सभाकाे मत पनि साथसाथै गणना गरिएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।
सुरूवाती चरणकाे पछिल्लो मतगणना अनुसार प्रदेश तर्फ पूर्वमा एमाले अघिरहेकाे छ भने पश्चिममा राप्रपा अघि देखिएकाे छ ।