मनाङबाट कांग्रेसका टेकबहादुर गुरूङ निर्वाचित

0
Shares

मनाङ।

मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार टेकबहादुरले २५७५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरूङले २२४७ मत पाए।

मनाङमा ६७७९ मतदाता रहेकोमा ४८४५ मत खसेको थियो।

२०३६ सालमा बिपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएका गुरूङ २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ मा भने एमालेका पोल्देनसँग पराजित भएका थिए। संविधानसभा सदस्य हुँदा गुरूङ तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री थिए।

Esewasoftwaricanic
त्यस्तै, प्रदेशसभातर्फ मनाङ ‘क’ बाट कांग्रेसकै मुनिन्द्रजंग गुरूङ निर्वाचित भएका छन्। उनले १२५५ मत पाएका थिए। एमालेका राजन गुरूङले ९२५ मत पाएका थिए।

मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन्।