धादिङ–१ एमाले, २ मा नेपाली काँग्रेसको अग्रता

0
Shares

धादिङ।

धादिङमा प्रतिनिधिसभा तर्फकोे मतगणना सुरुभएको छ । प्रतिनिधिसभाको मतगणनाको पछिल्लो तथ्यांक अनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ भने क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ।

प्रतिनिधिसभा धादिङ क्षेत्रनम्बर १ मा २ हजार ५ सय ३० मत गणना गर्दा नेकपा एमालेका भूमि त्रिपाठी (सूर्यले १ हजार १ सय ६५, नेकपा एसका राजेन्द्र पाण्डे (कलम) ले १ हजार २९ र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेस पन्त (घण्टी) ले १ सय ६० मत पाउनु भएको छ।

यसैगरी प्रतिनिधि सभा धादिङ क्षेत्र नम्बर २ मा भएको मतगणनाको पछिल्लो तथ्यांक अनुसार नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायम गर्नुभएको छ ।

१ हजार ४७ मत गणना हुँदा रामनाथ अधिकारीको रुखले ४ सय ७५ मत, नेकपा एमालेका खेम लोहनीले सूर्यले ४ सय १४ मत र रुाष्ट्रियस्वतन्त्र पार्टीका बसुमायाँ तामाङले ५१ मत प्राप्त गर्नुभएको छ।

धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतदातान गरेका छन्।

धादिङ क्षेत्रनम्बर २ मा १ लाख ३३ हजार ६सय ४२ मतदाता रहेकोमा ६७ हजार ६ सय १ जनाले मतदातान गरेका छन्।

प्रदेश सभाकोमत गणना पनि सुरु भएको क्षेत्र नम्बर १ को १ मा मतगणनासुरु भएको भएको छ । सबैको मतगणना गरिने भएपनि व्यवस्थापकिय कुरा मिलाएर मतगणना गरिने प्रमुख निर्वाचन अधिकृत स्वीकृति पराजुलीले जानकारी दिनुभयो ।

धादिङ क्षेत्र नम्बर १ गल्छीमा बिहान ११ बजेबाट र क्षेत्र नम्बर २ धादिङबेसीमा बेलुका ५ बजेबाट मतगणना सुरु भएको हो।