रसुवामा मतगणना सुरु

0
Shares

रसुवामा मतगणना सुरु भएको छ । लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुगेसगै मतगणनाको कार्य सुरु भएको हो । बेलुकी ६ बजेबाट मतगणना सुरु गरिने बताए पनि ढिलो गरि सुरु भएको हो ।

अहिले गोसाइकुण्ड गा.पा ६ गाउफर्क राष्ट्रिय प्रा वि बोकेझुण्डा , रसुवा मा वि (क ), उत्तरगया गा.पा चिप्लेटि सल्लेटार (ख )र डाडागाउ (ख ) को जम्मा २६५६ मत गणना सुरु भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभाका लागि १० जना र प्रदेशसभा क्षेत्र १ मा ८ र प्रदेशसभा क्षेत्र २ मा ८ जना गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बाम गठबन्धन र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका मोहन आचार्य र नेकपा एमालेबाट छोवाङ तेन्जिङ तामाङ उम्मेदवार छन ।