अष्ट्रियामा ‘नेपाली हामी गोर्खाली’ देशभक्ति गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

0
Shares

काठमाडौं ।

अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो ‘नेपाली-हामी गोर्खाली’ गत शनिबार अष्ट्रियाको भियनामा सार्वजनिक  भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकास कार्की, अभिभावक तथा जेष्ठ नागरिक हरी राणा र कार्यक्रम संयोजक शेखर लामाले एल्वम कभर ओपन तथा राणाले भिडियो क्लिक गरी सार्वजनिक गरिएको हो ।

गीतकार शुभद्रा भण्डारीद्वारा रचित शव्दहरूले पराय मुलुकमा पलपल तड्पिएर जिउनेहरूको कथा–व्यथा अनि आफ्नो मातृभूमिको सम्झनामा तड्पिँदै गरेको पीडालाई गीतको माध्यामबाट अभिव्यक्त गरेको छ । लामो समयदेखि अष्ट्रियामा रहेर पनि नेपाली गीतसंगीतको यात्रामा अनवरत लागिरहेका, गायक तथा संगीतकार शेखर लामा, गायिका सुजाता सेन्चुरी, मनी थेवे र निपोन लामाको स्वर रहेको गीतमा शेखर लामा आफैँले संगीत गरेका छन् ।

भिडियोको छायांङ्कन तथा सम्पादन महेन्द्र लिम्बुले गरेका छन् भने बहुचर्चित एरेन्जर राहुन प्रधानले संगीत संयोजन गरेका छन् । अष्ट्रियावासी मनी थेवे, विकाश कार्की र शेखर लामा, भिडियो निर्देशकमा रहेका छन् भने अष्ट्रियाकै चिरपरिचित कलाकारहरू श्वेता बज्राचार्य,जपन राई र भुपेन्द्र गुरूङले कोरियोग्राफी गरेका छन् ।

एनआरएनए अष्ट्रियाका अध्यक्ष भवानी तिवारीले गीतमा रहेका शब्दहरू सबैको मन मुटुमा बस्न सक्ने मार्मिक खालको रहेको, गायकहरू तथा गायिकाको सुमधुर स्वर तथा संगीत उत्तिकै मिलेको अनि भिडियो छांयाङ्कन तथा सफल इडिटिङ तथा निर्देशनको कारण भिडियो उत्कृष्ट बनेको प्रतिकृया दिँदै सम्पूर्ण टिमलाई वधाई तथा शुभकामना दिए ।

उक्त भिडियाेमा अष्ट्रियामा रहेका स्थानीय कलाकारहरू लक्ष्मी गिरी, ध्रुव पौडेल, प्रभु श्रेष्ट, कृष्ण कुमार श्रेष्ट, दिपक मल्ल , मोहन चौधरी,विरेन्द्र व.पुन, रोशन घिसिङ, मुक्त लामा, लक्ष्मण भुजेल, सिदु सेन्चुरी, भवानी तिवारी, कोपिला शाही ,कमला अधिकारी, राजन श्रेष्ट, आनन्द थापा, रिमा विष्ट, दुर्गा ढकाल, मलिसा गुरूङ, सचेता राई, रूकमिनी पौडेल, शोभा शर्मा, निर्मला दुम्जेन, लरिसा तामाङ प्रिया पौडेल, दिव्या ढकाल, जुनी मगर, साद्गी सेन्चुरी, शुसिला वोहोरा, सरू सुवेदी गिता लामा, निरू कार्की तथा अष्ट्रियाबासी नेपाली बाल–कलाकारहरूलगायत करिव ५० देखि ५५ जनाको सहभागीता रहेको छ ।