सोल अफ कमान्डोबाट फर्किए राजकुमार

0
Shares

२४ वर्षपछि सोल अफ द कमान्डो नामक फिल्मबाट राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ।
उनले २०५५ मा नेपाली फिल्म कमान्डोमा मुख्य भूमिकामा काम गरेका थिए। यो फिल्ममा पनि उनी मुख्य भुमिकामा नै देखिनेछन्। फिल्म द सोल अफ कमान्डो आगामी मंसिर २३ गतेबाट रिलिजमा आउने भएको छ।
राई सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एसियन खेलकुदमा तेक्वान्दो खेलमा कांस्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल भई अन्तर्राष्टिझय खेल क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल भएका छन्।
सोल अफ द कमान्डोमा उनका अलावा शिशिर वाध्र्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बूलगायतले अभिनय गरेका छन्।युवराज (वीरबहादुर) राईद्वारा निर्देशित फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडको ब्यानरमा मिलन राई, रवि थापा र धन लिम्बूले निर्माण गरेका हुन्। विजय एल राई कार्यकारी निर्माता रहेको फिल्ममा छायांकन दीर्घ गुरुङ र द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ।