कंगना वेश्याको भूमिकामा

0
Shares

बलिउड अभिनेत्री कंगना रनावत फिल्मी करिअरमा निर्वाह गरेका विभिन्न भूमिकाका कारण प्रशंसकको मनमा बस्न सफल छिन्।

हालै उनै कंगनाले आफू अब फरक किसिमको भूमिकामा काम गर्न लागेको घोषणा गरेकी छन्। उनले चर्चित बंगाली रंग अभिनेत्री नटी बिनोदिनीको बायोपिक अमर कथामा आधारित फिल्ममा आफू यौनकर्मी महिलाको रूपमा अभिनय गर्न लागेको घोषणा गरेकी हुन्।

उक्त, फिल्ममा नटी कोलकताको वेश्यालयमा यौनकर्मी हुँदै कसरी एक सफल रंगकर्मी हुन सफल भइन् भन्ने वास्तविक कथामा कंगनाले अभिनय गर्नेछिन्।

नटि बिनोदिनीको जन्म कलकत्तँस्थित यौनकर्मी समाजमा भएको थियो। उनको पाँच वर्षकै बाल्यकालमा विवाह गरिएको थियो भने उनले १२ वर्षको उमेरमै अभिनय जीवन सुरु गरेकी थिइन्। उनको बायोपिकमा उल्लेख भएअनुसार उनको परिवार निकै गरिब हुनुका साथै यौनकर्ममा सामेल थिए। किताबमा उनले आफू स्वयमलाई एक यौनकर्मी भएको बताएकी छन्।

ग्रेट नेसनल थिएटरमा द्रौपदीको छोटो भूमिकाबाट अभिनय गरेकी उनले बंगाल थिएटरमा समेत काम गरेकी थिइन्। त्यसपछि, नाटक लेखक गिरिचन्द्र घोषका साथ अभिनय सिकेर सन् १८८३ मा उनीसँगै मिलेर नाटकघर खोलेकी थिइन्। कुशल नाट्यकर्मी हुनुका बाबजुद नटीले समाजबाट भने नकारात्मक व्यवहारको सामना गर्नुपरेको थियो।

अभिनयका साथै लेखनमा समेत रुचि राख्ने उनले आफ्नो जीवनी अमर कथाका साथमा केही कविता तथा कहानीसमेत लेखेकी थिइन्। उनको एक छोरीसमेत थिइन्। तर छोरीको १२ वर्षको उमेरमा निधन भएको थियो भने नटीको पनि ४१ वर्षको उमेरमा निधन भएको थियो।