आयुष्मान र प्रियंकाको ची मुसी ची पुसमा

0
Shares

हरर थ्रिलर फिल्म ची मुसी ची: इभन डेड डिजायर बिल्डिङ आगामी पुस १५ गतेबाट नेपालभर रिलिज हुने भएको छ। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतका कलाकारले अभिनय गरको छन्। फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेन्ड स्थापित गर्ने निर्माता अरुण चक्रवर्तीको दाबी छ।

मर्ण जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा नेपाल र बलिउडका प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि दर्शकले केही फरक र नयाँपन महसुस गर्न पाउने विश्वास निर्माण समूहको छ । रिञ्जु केसीका साथ अरुण चक्रवर्तीले निर्माण गरेको फिल्मको वितरण राइट्स डीसीएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ।