कलाकार राजु ढुंगेलको ‘माइतीघर’ बजारमा

0
Shares

काठमाडौँ।

कलाकार तथा गायक राजु ढुंगेलको मौलिक पञ्चेबाजामा आधारित माइतीघर बजारमा आएको छ ।
माइतीघर गीतमा ढुंगेलले अन्तरा बनाएर संगीत गर्नुभएको छ । ओखलढुंगामा जन्मनुभएका ढुंगेलले ओखलढुंगा, खोटाङ, ताप्लेजुृङ, भोजपुर, पाँचथर लगायतका पूर्वि जिल्लामा बनाइने पञ्चेबाजा भाकामा आधारित भएर गीत निकालेको हुँ,गायक ढुंगेलले भन्नुभयो,“माइतीघर गीतले पूर्वको मौलिकता संरक्षण गरेको छ ।”
गायक ढुंगेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुंगेलको संगीत रहेको छ ।

उक्त गीतको कोरियोग्राफर याम गुरुङले गर्नुभएको छ भने मोडलमा रिना थापामगर हुनुहुन्छ । यस्तै बेहुलीको भूमिकामा आश्रिका न्यौपाने र बेहुलाको भूमिकामा प्रवेश थापा हुनुहुन्छ । यो गीतको शब्द दिपक थापा, भाका संकलक तथा संरक्षक राजु ढुंगेल हुनुहुन्छ । यो गीतको सन्देश पञ्चेबाजालाई जोगाइराखौँ भन्ने हो ।

ढुंगेलले बेहुली अन्माउँदा बजाउने भाकालाई संरक्षण गर्न खोजिएको बताउनुभयो । बेहुलीको बाबाले छोरीलाई अन्माएर पठाउँदाखेरी गरेको गुनासो, गाउँले तथा स्वम बेहुलीले गरेको गुनासो गीतमा समेटिएको छ । गायकमा राजु ढुंगेल र रामकुमार नेपाली हुनुहुन्छ । माइतीघर गीतलाई लिम्दुनी क्रियशनले बजारमा ल्याएको हो ।

कलाकार ढुंगेल विगत २४ वर्षदेखि कलाकारितामा लाग्नुभएको हो । चार कक्षा अध्ययन गर्दै गर्दा देखि कलाकारितामा लाग्नुभका ढुंगेलले पहिलो गिती एल्बम निकाल्न सुरुवात गरेको २०५७ सालदेखि हो । सुरुमा पूर्वेली कान्छो भाग एक, दुई र तीन एल्बम निकाल्नुभएको थियो । यस्तै सुपारीजनाइको मालामा पनि स्वर दिनुभएको थियो ।

उक्त गीत भने कलाकार अभय ढुंगेलले बजारमा ल्याउनुभएको थियो । यस्तै गायक ढुंगेलले ‘अकबरी सुन गिती एल्बम’ निकाल्नुभएको थियो । उक्त गितबाट गायक ढुंगेलले १८ औँ इमेज अवार्ड समेत प्राप्त गर्नुभएको थियो । त्यो गितमा नविन ढुंगेलले साथ दिनुभएको थियो । उक्त गितको शब्द संगीत अभय ढुंगेलको हो ।

यस्तै राजु ढुंगेलले ‘जोर मादल बज्यो मारुनी भाका’ एल्बम निकाल्नुभएको थियो । शब्द जिआर अटु, लयसंगीत अभय ढृुंगेलको रहेको छ । गायकमा राजु ढुंगेल र मेलिना राइको स्वर रहेको छ । उक्त गितमा गायक राजु ढुंगेलले अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो ।