अस्मिताले उफारिन् पूर्वाञ्चलका दर्शक


बाबरी रंगमा गायिका अस्मिता अधिकारीको पूर्वाञ्चल सांगीतिक यात्रा पूरा भएको छ।डिभाइन नाइट द म्युजिकल विथ अस्मिता अधिकारी नाम दिइएको उनको सांगीतिक कार्यक्रमको यात्रा पूरा भएको हो। पूर्वाञ्चलको सांगीतिक कार्यक्रमअन्र्तगत गायिका अधिकारीको पहिलो कार्यक्रम धरानमा भएको थियो।

कार्यक्रममा गायिका अधिकारीले बाबरी रंगमा, टाढा भए पनि, तिम्रो मायाले बाँधेर राख, तिम्रो घरको वरिपरि, काफल कमल, लज्जावती झार, को होला त्यो, साली मन प-यो, रम रम मरौंटीजस्ता एक दर्जन जति लोकप्रिय गीत प्रस्तुत गरेर दर्शक उफारेकी थिइन्।

उनका प्रत्येक गीतमा दर्शकले उनीसँगसँगै गाएर तथा नाचेर साथ दिएका थिए। उनलाई सांगीतिक प्रस्तुतिका लागि द न्यु लाइन अप ब्यान्डले साथ दिएका थियो। सोही कार्यक्रम उर्लाबारीमा समेत सम्पन्न भएको छ। उर्लाबारीका दर्शकले पनि उनको गीतमा भरपुर आनन्द लिएका थिए।
गायिका अधिकारी टुरअन्र्तगत विराटनगर र बिर्तामोड पनि पुगेकी थिइन्।