कर्मचारी र म्यादी प्रहरीद्वारा नमुना मतदान

0
Shares

बर्दिया । आगामी मंसिर ४ मा देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि कर्मचारी र म्यादी प्रहरीलाई नमुना मतदान गराइएको छ । आज (बिहीबार) नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई नमुना मतदान गराइएको जानकारी दिएको छ ।

कर्मचारी, परिवेक्षक र म्यादी प्रहरीलाई निर्वाचन केन्द्रमा खटिने सुरक्षा उपाय तथा मतदानसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले नमुना मतदान गराइएको सूचना अधिकारी हिक्मत बहादुर बोहराले बताए ।

जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाका साथै जिल्ला सुरक्षा पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयको सहभागितामा नमुना मतदान गरिएको बर्दियाले बताइएको छ ।