नौमती बाजामा माइतीघर

0
Shares

गायक राजु ढुगेल र रामकुमार नेपालीको स्वरमा मौलिक नौमती बाजासहितको गीत माइती घर भिडियोका साथ सार्वजनिक भएको छ।

पूर्वेली लोक लयमा आधारित गीतमा दीपक खड्काको शब्द र राजु ढुगेलको लय सिर्जना रहेको छ। याम गुरुङको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ भने रिना थापा मगर, याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेले नृत्य गरेका छन्।