आऊ न राजा भन्दै बेनिशा

0
Shares

बिहेको मौसम मंसिर महिनालाई लक्षित गर्दै आर्यन सिग्देल र बेनिशा हमाललाई जोडी बनाएर भिडियो तयार पारिएको छ। आऊ न राजा बोलको गीतमाथि बनाइएको भिडियोमा आर्यन र बेनिशाको जोडी सुहाएको छ।

गायक एसडी योगी र गायिका दीक्षा जे थापाको स्वरमा तयार पारिएको गीतमा हर्क साउदको शब्द रचना र एसडी योगीको संगीत रहेको छ। निखारिएको अभिनय गर्न माहिर मानिएकी अभिनेत्री बेनिशाले यो गीतको भिडियो आप्mना होम प्रोडक्सन मौरी पिक्चर्सबाट पहिलो गीतस्वरूप सार्वजनिक गरेकी हुन्।

निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ। भिडियोमा एक युवतीले बिहेको सपना बुन्दै एक युवकले कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन्। हरि हुमागाईंले छायांकन गरेको भिडियोको कोरियोग्राफी शुभम भुजेलले गरेका छन्। चान्स पुन मगरको भीएफएक्स रहेको भिडियोमा सम्पादन प्रवीण श्रेष्ठको छ।