संगीतको मज्जासँगै समाजसेवा

0
Shares

हेटौंडा, (नेस)। मकवानपुरको हेटौंडास्थित भुटनदेवी चौरमा आगामी मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्टमा हेटाैंडाबासीले संगीतको मजा लिने मात्र होइन, एकसाथ मानवीय सेवा पनि गर्न पाउने सुनौलो अवसर जुर्ने भएको छ।

जुन ठाउँमा मानवसेवा आश्रमको केन्द्रीय कार्यालयसमेत छ। अघिपछिका कन्सर्टमा टिकटको शुल्क सीधै आयोजकमा जान्थ्यो। तर, यस पटकको टिकट मानवीय सेवामा पनि लगानी हुने भएकाले दर्शकलाई एकसाथ रमाइलो हेर्न पाइने र समाजसेवा पनि गर्न सकिने दोहोरो फाइदा मिल्ने भएको छ।

हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराको संरक्षण र पालनपोषणको सहयोगार्थ उक्त दिन आयोजना गरिने नेपथ्य लाइभ कन्सर्टमा त्यसका मुख्य गायक अमृत गुरुङले लोक÷रक गीत प्रस्तुत गर्नेछन्।

सांगीतिक कार्यक्रममार्फत् आर्थिक संकलन गरी बेसहाराको पालनपोषण र उनीहरूका लागि निर्मित भवनलाई पूर्णता दिन मानवसेवा आश्रमले मुलुकका प्रमुख १० सहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हुनेछ। कन्सर्टको सुरुवात मंसिर १६ गते विराटनगरबाट हुनेछ।

१९ गते वीरगञ्जको आदर्शनगर रंगशालापछि २२ गते हेटौंडाको भुटनदेवी स्कुल चौरमा कार्यक्रम गरिनेछ। त्यसपछि, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रंगशाला, पुस ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुलामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिनेछ। अन्तिम कार्यक्रमका øपमा अंग्रेजी नया™ वर्षको अघिल्लो रात न्यु इयर इभका दिन पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।