सम्झनामा चेतन कार्की


ख्यातिप्राप्त संस्कृतिविद्, गीतकार, फिल्म लेखक तथा निर्देशक स्व. चेतन कार्कीको ८५औं जन्मजयन्ती पारेर चेतन कार्की प्रतिष्ठानले मंगलबार राजधानीमा उनको सम्झनामा विशेष कार्यक्रम आयोजना गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङको प्रमुख आतिथ्यता तथा आयोजक प्रतिष्ठानकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेतनको योगदानको सम्झना गरिएको थियो भने विभिन्न गायक गायिकाले उनीद्वारा रचित गीत प्रस्तङत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि डा. जगमान गुरुङले स्व. कार्कीसँगको संगत स्मरण गर्दै कार्की स्वाभिमानी भएको सुनाए। राहुल सांकृत्यायनले भागो नहीं दुनियाको बदलो भन्ने गर्थे।

उहाँको स्वभाव पनि त्यस्तै थियोु कार्यक्रममा उनले सुनाए ञदेहरादूनका लैन छोकडा चेतन कार्की आर्मी कप्तानका छोरा थिए। तर, उनले सेनामा जागिर नखाएर कला, साहित्य, संस्कृति र सिनेमासँग जोडिएर एउटा उचाइ कायम गरे।ख्यातिप्राप्त नृत्य साधक भैरवबहादुर थापाले चेतन कार्कीलाई पहिलोपटक सन् १९५८ मा देहरादूनमा भेटेको सम्झना सेयर गर्दै कार्कीले आफू काठमाडौं आउने र नेपालमै काम गर्ने सुनाएको र सोहीअनुसार गरेको बताए।

प्रतिष्ठानका उपाध्यक्ष तथा अभिनेता मोहन निरौलाले कार्की आप्mनो गुरु भएको जनाउँदै उनले फिल्ममा प्रयोग गरिने भाषा पनि शुद्ध हुनुपर्छ भन्दै फिल्म निर्माण गर्दा भाषा र व्याकरणमा पनि ध्यान दिने गरेको खुलाए। फिल्म लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माले कार्की हरेक विषयका ज्ञाता रहेको चर्चा गरे। प्रतिष्ठानकी अध्यक्ष मिथिला शर्माले स्व. कार्कीको योगदानबारे प्राकश पारेकी थिइन्। चेतन कार्की प्रतिष्ठानकी संरक्षक एवं स्व. कार्कीको पत्नी गंगा कार्कीले सर्जक कहिल्यै नमर्ने चर्चा गर्दै चेतन कार्की आप्mनो पति मात्रै नभई गुरुसमेत भएको खुलाइन्।

कार्यक्रममा साहित्यकार डा. महेश्वर शर्मा, इतिहासविद डा. सुरेन्द्र केसीलगायतले चेतनको योगदानबारे चर्चा गरेका थिए। प्रतिष्ठानका महासचिव मुरारी सिग्देलले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महङ्कवमाथि प्रकाश पारेका थिए।

गीतकार किरण खरेल, कलाकारहरू भुवन चन्द थापा, कृष्ण मल्ल र सरोज खनाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चेतन कार्की प्रतिष्ठान गण्डकी समितिका अध्यक्ष दुर्गा शाह बाबालगायतको विशेष अतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक नारायण ओली, गायिका रितु कँडेल र विमला राईले चेतन कार्कीका सदाबहार गीत गाएर कार्यक्रमलाई सांगीतिक रूप दिएका थिए। कार्कीको गत २०७८ साल जेठ २ गते कोरोना संक्रमणबाट निधन भएको थियो।