रुमालै बाटेरमाथि टिकटक स्पर्धा


आगामी पुस २९ गते रिलिज हुने पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर फिल्म तिम्रो मेरो साथले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

फिल्म निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू फिल्मले गत तिहारमा रिलिज गरेको रुमालै बाटेर टाई बनाम बोलको गीतमाथि टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो। फिल्मको यो गीतले युट्युबमा रिलिज भएको सात दिनमा १.१ मिलियन भ्युज पार गरेको थियो।

प्रतियोगितामा भाग लिन चाहनेले गीतको बोलमा तीन ह्यास ट्याग प्रयोग गरेर भिडियो बनाई आप्mनो एकाउन्टमा अपलोड गर्नुपर्ने प्रावधान राखिएको छ। प्रतियोगिताको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिने निर्माण संस्थाले जनाएको छ। फिल्ममा पुष्प र साम्राज्ञीका अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्कबहादुर पुन (खबपु) लगायतको मुख्य भूमिका रहेको छ