गायक सचिन १ वर्षका लागि अनुबन्धित

0
Shares

दारी फुल्यो वैंशैमा, एक कान दुईकान मैदान, गलबन्दी पछ्यौरी, ए मुनाजस्ता हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले वर्षभरका लागि अनुबन्धित गरेको छ।

ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिनेगरी अनुबन्धित गरेको हो। सम्झौताअनुसार यसवापत गायक आशिष सचिनले एक वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा काम गर्नुपर्नेछ।

गायक आशिषले एक बर्षको अवधिमा ओएसआरस™ग आठ गीतसहित वर्षभरि विज्ञापनको काम गर्नुपर्नेछ। पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआरमार्फत आप्mना गीतका म्युजिक भिडियो बजारमा ल्याइरहेका छन्।गायन सँगसँगै म्युजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो छमक छमक तेरी पाउजुले लोकप्रियता पाएको छ।

गायक आशिषको दारी फुल्यो वैंशैमा बोलको गीतले करिब नौ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ। जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचीको शीर्ष स्थानमा रहेको छ।