भारतमा प्रियंकाको स्वागत र विरोध


विवाहपछि अमेरिकामा बसोवास गर्दै आएकी बलिउड अभिनेत्री प्रियंका चोपडा तीन वर्षपछि आफ्नो देश भारत फर्किएकी छन्।लामो समयपछि स्वदेश फर्किएकी प्रियंकाले आफ्नो देशका विभिन्न स्थानमा भव्य स्वागत पाएकी छन्। स्वदेश फर्केका बेला प्रियंकालाई भेटघाट तथा कामका कारण भ्याइनभ्याइ छ। युनिसेफको सद्भावना दूतसमेत रहेकी प्रियंका हाल युनिसेफको तर्फबाट भारतका विभिन्न स्थानमा भ्रमण गरिरहेकी छिन्।

यही क्रममा लखनाउका विभिन्न स्थानका बच्चालाई भेट्न पुगेकी प्रियंकाको त्यहाँ भने विरोध भएको छ। नबाबहरूको सहरको रूपमा चिनिने लखनउ पुगेकी प्रियंकाले त्यहाँको गोमतीनगरमा भने विरोधको सामना गर्नुपरेको हो। त्यहाँ विभिन्न ठाउँमा प्रियंकाको पोस्टरमा रातो क्रस चिह्न अंकित गर्दै लेखिएको छ ञतिमीलाई नबाबहरूको सहरमा स्वागत छैन। यसरी लखनउमा प्रियंकाको विरोध कसले र किन गरिरहेको छ भन्ने कुराको जवाफ भने पत्ता नलागेको र यसबारे अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।