४ घण्टा कुरेर डिसेम्बर फल्स

0
Shares

चक्लेटी हिरो आर्यन सिग्देल लामो समयको अन्तरालपश्चात् पुनः प्रेमकथाको फिल्ममा देखिने भएका छन्। उनी प्रेमकथा बुनिएको फिल्म डिसेम्बर फल्समा प्रेमिल युवाको रूपमा देखिनेछन्। फिल्ममा उनकी प्रेमिकाको रूपमा देखिनेछिन्, नायिका उपासना सिंह ठकुरी। आर्यन र उपासनाले पहिलोपटक स्क्रिन सेयर गरेका हुन्।

आगामी पुस १५ गते अल नेपाल रिलिज हुने फिल्मको चार घण्टा कुरेको बोलको प्रेमिल गीतको हालै छायांकन गरिएको छ। भक्तपुर दरबार स्क्वायरमा भव्य सेट निर्माण गरी चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामिछानेले रोमान्टिक रूपमा प्रस्तुत गरेका छन्। दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भद्मराई र मेलिना राईले गाएका छन्।

भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्म युवा निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन्। रिजालले यसअघि वान डे, कसम, धुवा“ यो नशा र कायरा निर्माण गरिसकेका छन्। डिसेम्बर फल्स उनको पाँचौं फिल्म हो।

आर्यन, उपासना, सुमन थापा, नरेश भद्मराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा, रामप्रसाद रिजालको प्रस्तुति तथा रामप्रसाद रिजाल र राजकुमार भद्मको निर्माणमा बनेको हो भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेका छन्। फिल्ममा बिपिका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा र सम्वाद, दीपक शर्मा, कोशिस क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बनिष शाहको सम्पादन रहेको छ। फिल्म श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले वितरण गर्दै छन्।