ङादी चिनाउन भिडियो


लमजुङ ।

मस्र्याङदी गाउँपालिका+७ ताध्र्लिचोकमा लमजुङ ङादी गाउँ चिनारी बोकाले गीत भिडियोसहित सार्वजनिक गरिएको छ।गाउँपालिका अध्यक्ष अजुन गुरुङले स्टिझम नेपाल युट्युब च्यानलबाट म्युजिक भिडियोको सार्वजनिक गरेका हुन्।

गुरुङले भिडियोले ध्रादी ताध्र्लिचोकलाई चिनाउन सहयोग पुग्ने चर्चा गरे। भूगोलविद् डा. हर्क गुरुङको समाधिस्थल रहेको पर्यटकीय गाउँ ध्रादी (ताध्र्लिचोक) लाई राष्ट्रिय, अन्तराष्ट्रियरूपमा चिनाउने उद्देश्यका साथ म्युजिक भिडियो निर्माण गरिएको त्यसका निर्माण संयोजक सरोज गुरुङले बताए।

म्युजिक भिडियोमा दीपक गुरुङ र पवित्र गुरुङको स्वर, सन्तोष गुरुङको शब्द र जीवन रानाको संगीत रहेको छ। दीप कोके गुरुङको निर्देशन रहेको म्युजिक भिडियोेमा आनन्द गुरुङ, अनुशा गुरुङ, विकास गुरुङ, सन्तोष गुरुङ, सिर्जना गुरुङ र सरोज गुरुङले अभिनय गरेका छन् ।