कँडेलले ल्याए जुनकिरी

0
Shares

गीतकार गोविन्द कडेल आँसु को नयाँ गीत ए माया जुनकिरी सार्वजनिक भएको छ। दुई दशकदेखि कथा, कविता, खण्डकाव्य र गीत लेखन कार्य गर्दै आएका आँसुको यस गीतमा दीपक शर्माको संगीत गरेका छन् भने गायक रामकृष्ण ढकालले स्वर दिएका छन्।

गीतमाथि आकर्षक भिडियो पनि निर्माण गरिएको छ। गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ।

निकेश खड्काद्वारा निर्देशित भिडियो सुरज अधिकारीले निर्माण गरेका हुन्। गीत रामकृष्ण ढकालको युट्युब च्यानलमा अपलोड गरिएको छ। काभ्रे जिल्ला तथा नमोबुद्ध नगरपालिकाको गीत सिर्जना गरिसकेका कँडेलका यसअघि आधा दर्जन जति गीत सार्वजनिक भइसकेका छन् ।