आलिया आमा बनिन्

0
Shares

बलिउड दम्पती आलिया भट्ट र अभिनेता रणवीर कपुर मातापिता बनेका छन्। आइतबार आलियाले २९ वर्षको उमेरमा पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।

सोमबार बिहानै मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पताल पुगेकी आलिया दम्पतीले आफ्नो सन्तानलाई स्वागत गर्दै फ्यानलाई खुसीको खबर दिएको हो। आलियाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक सन्देश जारी गर्दै आफूहरू मातापिता बनेको जानकारी दिएकी हुन्।

गत अप्रिलमा विवाह बन्धनमा बाँधिएको यो जोडीले विवाह भएको दुई महिनापछि आफूहरू अभिभावक बन्न लागेको जानकारी दिएका थिए भने विवाहको सात महिनामै मातापिता बनेका हुन्।