सामाजिक कथामा रामबाबुको फूलबारी


कबड्डी निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म फूलबारीको फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका निर्माता मनीष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।

आगामी फागुन ५ गते रिलिज डेट ताकिएको फिल्मको पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरूणा कार्की, शिल्पा मास्के र गौमाया गुरुङलाई प्रस्तुत गरिएको छ। यशोदा फिल्म्स्को ब्यानरमा निर्मित समाजिक फिल्ममा कथा र कन्सेप्ट कमल किशोर मलपानीको रहेको छ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा बनेको फिल्मले नेपाली समाजमा सबैले भोगिराखेको पारिवारिक सामाजिक कथा समेटिएको निर्देशक गुरुङले बताएका छन्।

उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा विपिन र अरूणाले पाका दम्पतीको भूमिकज्ञ निर्वाह गरेका छन्। लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रूपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतले पनि अभिनय गरेको फूलबारीमा कालीप्रसाद बास्कोटा र अनुपम शर्माको संगीत र जोस हेरुमको छायांकन रहेको छ। फिल्ममा मणिराम पोखरले कार्यकारी निर्माता रहेका छन्।