‘लमजुङ ङादीगाउँ’ चिनारी म्युजिक भिडिओको विमोचन (भिडिओसहित)

28
Shares

लमजुङ । मस्र्याङ्दी गाउँपालिका-७ ताङ्लिचोकमा ‘लमजुङ ङादीगाउँ’ चिनारी म्युजिक भिडिओको विमोचन गरिएको छ । उक्त गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङद्वारा सो भिडिओ विमोचन गरिएको हो ।

अध्यक्ष गुरुङले म्युजिक भिडिओ निर्माणमा खटिएका सम्पूर्ण टिमलाई धन्यवाद दिँदै भिडियोले ङादी ताङ्लिचोकलाई चिनाउनमा सहयोग पुग्ने बताउनु भयो ।

भूगोलविद् डा.हर्क गुरुङको समाधीस्थल रहेको पर्यटकीय गाउँ ङादी (ताङ्लिचोक) गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यका साथ सो म्युजिक भिडिओ निर्माण गरिएको संयोजक सरोज गुरुङले बताउनु भयो ।

‘लमजुङ ङादीगाउँ’ चिनारी म्युजिक भिडिओमा दीपक गुरुङ र पवित्र गुरुङको आवाज, शब्द सन्तोष गुरुङ, संगीत जीवन रानाको रहेको छ । दीप कोके गुरुङको निर्देशन रहेको उक्त म्युजिक भिडिओ चार लाख २४ हजार लगानीमा निर्माण भएको हो । म्युजिक भिडिओमा आनन्द गुरुङ, अनुशा गुरुङ, विकास गुरुङ, सन्तोष गुरुङ, सृजना गुरुङ र सरोज गुरुङको अभिनय रहेको छ ।

विमोचन कार्यक्रममा मस्र्याङदी-७ का वडाअध्यक्ष तिलबहादुर गुरुङ, ७ का निर्वतमान वडाअध्यक्ष युवा घलेले मन्तव्य राख्नु भएको थियो ।

ताङ्लिचोक टोल विकास समितिका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सरोज गुरुङले गर्नु भएको थियो ।

कार्यक्रममा वडासदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, प्राविधिक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

‘लमजुङ ङादीगाउँ’ म्युजिक भिडिओ स्ट्रिम नेपाल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडिओ :