मुगुमा हवाई उडान नियमित छैन,यात्रुको बिचल्ली

0
Shares

मुगु।

कर्णाली प्रदेशको मुगुमा हवाई उडान नियमित छैन । त्यसमाथि गत साताको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सडक सञ्जालबाट हिमाली र पहाडी क्षेत्रमा पुग्न समस्या छ । तर, उडान नै नहुँदा यात्रु, विद्यार्थी र कर्मचारी अलपत्र परेका छन् ।

ताल्चा विमानस्थल । यहाँ टिकटका लागि यात्रु लुछाचुँडी गर्दैछन् । पहुँच हुनेले टिकट पाएका छन् भने नहुनेको त हरिविजोग छ ।

ताल्चा बिमानस्थलबाट नेपालगञ्जमा एयरलाइन्स ले उडान भर्ने गर्दछन् । तर, नियमित उडान नहुदाँ यात्रु मर्कामा परेका छन् । चिने जानेका र पहुँच हुनेले छिटो टिकट पाउँछन् भने नहुनेले हप्तादिन सम्म टिकटको लागि धाँउदा पनि हातमा टिकट पाउँदैनन् ।

अविरल वर्षाले कर्णाली राजमार्ग ठाउँ ठाउँमा भासिएको छ । यही मौका छोपेर एयरलाईन्सले महंगो शुल्कमा भए यात्रु लैजाने नभए यात्रु नै नबोक्ने सम्मको हर्कत गरिरहेका छन् ।

जहाँ धेरै यात्रु पाइन्छ विमान कम्पनी त्यतै लाग्ने गरेका छन् । निजी एयरलाइन्सले तालिका अनुसारको उडान नभरेपछि चार्टर्ड उडानमा यात्रा गर्न यात्रु बाध्य छन् । चार्टर्ड उडानमा नियमित भन्दा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ । तर नियमित उडान नहुँदा काम विशेषले एक ठाउँ बाट अर्को ठाउँमा जान समस्या छ ।

चार्टर्ड उडान गर्दा डेढ गुनासम्म रकम लिन पाउने प्रावधान नै छ । तर, ७ हजार पर्ने टिकटको ११ हजारसम्म उठाउने गरेको यात्रु बताउँछन् ।आफुले हप्ता दिन बिमानस्थलमा कुर्दा पनि आफुले गन्तव्य स्थान नेपालगन्ज सम्मको टिकट नपाई रारा बिमास्थलमा कुरनु परेको सोरू गाउँ पालिका वडा नं ६ का ज्ञानदत्त भट्ट बताउँ छन्।

सडक नखुल्दा तथा उडान नियमित नहुँदा रारा आउने र अध्ययनकोलागि बाहिर जिल्ला जाने र उपचारकोलागि बाहिरि जिल्ला रिफर गरेका बिरामिले जहाज नपाउदाको सास्ती नै भोग्नु परेको छ । पर्यटकका लागि कठिनाई छ । साथै विभिन्न जिल्लामा रहेका कर्मचारि समेत मुगु आउन समस्या भयको छ।