सुनचाँदीको मूल्य बढ्यो

0
Shares

काठमाडौँ ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

सोमबार प्रतितोला ९३ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपियाँले बढेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपियाँले बढेर १२ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।