संगीतमा जागजाग सार्वजनिक


हेटौंडा।

संगीतकार स्व. भोला जोशीको जागजाग बोलको स्वदेश गान सार्वजनिक गरिएको छ।गीत म्युजिक भिडियोसहित वनएमबी प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

शम्भुप्रसाद बास्कोटाको शब्द रहेको गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुष्कर नेपाल र युवराज लामा तथा गायिकाहरू रोजिना बल, संगीता मगर र पुनम थापामगरले स्वर भरेका छन्।

गीतको संगीत संयोजन दीपकराज विश्वकर्माले गरेका हुन्। भिडियोको दृष्य सम्पादन अन्तरा स्टुडियोले गरेको छ। आम नेपालीमा राष्टिझय भावना जागृत गराउने उद्देश्यले शुभारम्भ कलाकेन्द्रको सहयोगमा गीत तयार पारिएको गीतकार बाँस्कोटाले जानकारी गराए।