जापानी सहरमा नेपालको धमाका


सुगम,मेलिना र सुनीलले जापानका दर्शक श्रोतालाई नचाउँदै नयाँ वर्ष २०२३ को अवसर पारेर जापानमा नेपाली कलाकारका साथ सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।

नयाँ वर्ष धमाका नाम दिइएको कार्यक्रममा सुगम पोखरेल, मेलिना राई र सुनील सिंह ठकुरीले दर्शकलाई मनोरञ्जन दिलाउने भएका छन्। कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यका साथ हुन लागेको कार्यक्रम जापानका विभिन्न ६ सहरमा हुनेछन्।

लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजनामा हुने कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो सहरमा हुनेछ। त्यसपश्चात् ओसाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाईलगायत सहरमा कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन्।