गजलमा जस्तो दिल


साहित्यकार नरेश ज्ञवालीको शब्द रचनामा पत्थर जस्तो दिल बोलको गीत गजल म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
गजलमा थानेश्वर गौतमको संंगीत र रहेको छ भने कमल सौरागले संगीत संयोजन गरेका छन्।

गीत गजलको भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रूपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको विषय आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन्।

गीत गजलका रचनाकार नरेश ज्ञवाली स्वयंले निर्माण गरेको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको छ। गीत गजल गायक गौतमको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।