लगातार ७ पटक बिहे गर्ने गायकको निधन


चर्चित अमेरिकी गायक, गीतकार तथा पियानोवादक जेरी ली लुईसको ८७ वर्षको उमेरमा हालै निधन भएको छ। उनको निधनको खवर उनको प्रतिनिधि चर्ज फर्नुमले सञ्चारमाध्यममा दिएका छन्। तर, उनको निधन हुनु दुई दिनअघि नै उनको निधनबारे अफवाह फैलिएको थियो। डेसोटो काउन्टी मिसिसिपिस्थित घरमै उनको निधन भएको हो।

सन् १९३५ मा लुसिआनाको फेरिडमा जन्मिएका जेरी ली लुईसले १४ वर्षकै उमेरमा आप्mनो सांगीतिक करिअर शुरू गरेका थिए। उनका ग्रेट बल्स अप फायर, क्रेजी आर्मस, यु विन अगेनजस्ता गीत लोकप्रिय छन्। सांगितिक जीवनसँगै उनी आफ्नो विवाहका कारण पनि चर्चा र विवादमा रहे।

उनले जीवनमा सात विवाह गरेका थिए र निधनको बेला उनीसँग उनकी अन्तिम पत्नी जुडिथ उनको साथमा थिइन्। १९५२ मा पहिलो विवाह गरेका उनले एक वर्षमै सम्बन्ध विच्छेद भएपछि सोही वर्ष दोस्रो विवाह गरेका थिए। सन् १९५७ मा दोस्रो विवाह पनि टुटेपछि लगत्तै आफ्नी सानीआमाकी छोरी मायराको साथ २२ वर्षको उमेरमा उनले तेस्रो विवाह गरे। त्यो बेला मायरा केवल १३ वर्षकी थिइन् र उनी आफैंले विवाह दर्तामा आफू २० वर्षको भएको दाबी गरेकी थिइन्।

जुन कुराले निकै विवाद भएपछि लुइसको करिअरमै ब्रेक लागेको थियो। त्यसपछि, जारेन एलिजाबेथका साथ चौथो विवाह गरेका उनले १९८३ मा जारेनको मृत्यु भएपछि एक वर्षमै पाँचाैं विवाह गरेका थिए। उक्त विवाह पनि सोही वर्ष टुटेपछि उनले सन् १९८४ मा मेरी म्याककार्वरका साथ छैटाैं विवाह गरे।

मेरीको साथ पनि सन् २००५ मा सम्बन्ध विच्छेद भएपछि ७७ वर्षको उमेरमा उनले सन् २०१२ मा सातौँ विवाह जुडिथका साथ गरे। जो उनको तेस्रो पत्नी मारियाको भाइ अर्थात् आफ्नी सानिमाको छोराको पूर्व पत्नीसमेत रहेकी थिइन्।