सकियो अन्तिम संस्कार

0
Shares

प्रदीप शाहीको निर्देशनमा बनेको दोश्रो फिल्म अन्तिम संस्कारको छायांकन सम्पन्न भएको छ। निर्देशक शाहीले यसअघि गोर्खा बिनिथ द ब्रेभरी निर्देशन गरेका थिए।

जसको प्रदर्शन भइसकेको छ। लामो समयदेखि लन्डनमा बस्दै आएका शाहीले लन्डनबाट नै सिनेमा मेकिङ सिकेका हुन्। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी गराएका छन्।

झन्डै डेढ करोड लागतमा बनेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य ,सुरज खालिङ राई, पासाङ टि शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठ, सस्मिता, दिग्गजलगायतले अभिनय गरेका छन्।सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको अन्तिम संस्कारको पोस्ट प्रोडक्सनको कार्य लन्डनमा गरिने भएको छ।