ओलीद्वारा मदनकृष्णको इच्छाशक्तिको तारिफ

0
Shares

काठमाडाैं  ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ख्यातिप्राप्त हास्यव्यग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा अभिनित फिल्म महापुरुष हेर्ने इच्छा व्यक्त गरेका छन्।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा अभिनेता श्रेष्ठको तस्वीरसमेत सेयर गर्दै यस्तो इच्छा व्यक्त गरेका हुन्। ञवाह कस्तो इच्छाशक्ति। सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाुचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लोपटक अभिनित चलचित्र महापुरुष हेर्ने इच्छा लागेको छु ओलीले फेसबुकमा स्टयाटस पोस्ट गर्दै लेखेका छन् चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।

मदनकृष्णले भाइटीकाको भोलिपल्ट आगामी कात्तिक ११ गते रिलीज हुने फिल्म महापुरुषबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा हालै मात्र सञ्चार माध्यमसँग आफूलाई बा™चुञ्जेल अभिनय गर्ने इच्छा रहेको बताएका थिए। ञमलाई अभिनय गर्न मन लाग्छ। तर, स्वास्थ्यले कहिलेकाही साथ दिँदैन। तर, पनि म आप्mनो शरीरलाई जर्बजस्ती नै काममा व्यस्त बनाउँछु। स्वास्थ्यले साथ दिएसम्म बा™चुञ्जेल अभिनय गर्ने इच्छा छु मदनकृष्णले सञ्चार माध्यमस™ग भनेका थिए। ओलीले उनको यही इच्छाशक्तिको तारिफ गर्दै मदनकृष्णको महापुरुष हेर्ने इच्छा व्यक्त गरेका हुन्।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भद्मराईले मदनकृष्णको स्वास्थ्यलाई ख्याल राख्दै दृश्य तयार गरिएको जानकारी दिए। काठमाडौंमै छायांकन भएकाले उहा™को सुविधाअनुसार अभिनय गराएको थिएँ। मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ। उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छु, निर्देशक भद्मराईले भनेका थिए। प्रदीपले यसअघि महद्वारा अभिनीत शत्रु गतेको निर्देशन गरेका थिए। उनी महको मह सञ्चारबाटै निर्देशनमा आएका हुन्।