थाहा नगरको सौन्दर्य काठमाडौंमा प्रदर्शन गरिँदै


हेटौंडा ।

उत्तरी मकवानपुरको रमणीय क्षेत्र थाहा नगरको सौन्दर्य र सभ्यता प्रवद्र्धन गर्न काठमाडौंमा फोटो प्रदर्शनी गरिने भएको छ।
पर्यटन प्रवद्र्धन गर्ने हेतुले नगरको सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको हो।

कार्यक्रम संयोजक इन्द्र श्रेष्ठले नगरपालिकाको आयोजना र फरक सोच अभियानको संयोजनमा काठमाडाैंको वसन्तपुर दरबार स्क्वायरपरिसरमा आगामी कात्तिक १८ देखि २० गतेसम्म थाहाका फोटो पत्रकार गणेश विष्टद्वारा खिचिएका थाहा नगर र इन्द्रसरोवर आसपासका प्राकृतिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक सम्पदा, कलासंस्कृति र जीवनशैलीका फोटो प्रदर्शनी गरिने बताए।थाहा नगरमा रहेर फोटो पत्रकारिता गर्ने विष्टले लामो समयदेखि प्राकृतिक, धार्मिक, सांस्कृतिक, सभ्यतालगायतका फोटो खिच्दै आएका छन्।

विष्टले खिचेका फोटोहरूको आधा दर्जन पुस्तक संग्रह प्रकाशन भइसकेका छन् भने केही फोटो राष्टिझय तथा अन्तर्राष्टिझय प्रतियोगितामा सहभागी भई उत्कृष्ट भएका छन्। प्रदर्शनीमा राख्न करिब १ सय वटा फोटो तयार गरिएको तथा स्थान, रुचि र आवश्यकताअनुसार त्यसको व्यवस्थापन गरिने आयोजकले जनाएका छन्। काठमाडौंमा हुने थाहा फोटो प्रदर्शनीमा थाहाका पर्यटकीय गन्तव्यबारे हेर्न र बुन सकिने संयोजक श्रेष्ठले बताए।

संघीय राजधानी काठमाडौंबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका आसपास क्षेत्र आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको तथा भएका पर्यटनका स्रोतलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानु का संयोजक यादवजंग रायमाझीले बताए।